साताको दोस्रो दिन सुनको मूल्यमा पुनः गिरावट, दुई हजार रुपैयाँले सस्तो



काठमाडौँ, कात्तिक १० । सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रहेको छ। साताको दोस्रो दिन सोमबार सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार भने सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्दै २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा झरेको छ, जुन आइतबारको ३ हजार १५ रुपैयाँ भन्दा ३५ रुपैयाँले कम हो। अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

सुनको मूल्य पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावका कारण निरन्तर घट्दै आएको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार अमेरिकी डलरको मजबुती र विश्व बजारमा सुनको माग घटेकाले मूल्यमा गिरावट आएको हो।

प्रतिक्रिया दिनुहोस्