पूर्व अध्यक्ष अधिवक्ता अधिकारीको जन्मोत्सवमा चेपाङ बालबालिकालाई स्टेशनरी र खेल सामग्री वितरण



धादिङ, कात्तिक १० — नेपाल वार एसोसिएसन धादिङका पूर्व अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीको जन्मोत्सवको अवसरमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ स्थित माथिल्लो ओर्वाङ भूमिस्थान आधारभूत विद्यालयका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको छ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष, शिक्षक, कर्मचारीलाई दोसल्ला र मायाको चिनोद्वारा सम्मान गरिएको थियो भने विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरिएको रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङले जानकारी दिए।

पूर्ण रूपमा चेपाङ बालबालिका अध्ययनरत उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययन हुने गरी हाल ३४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी र शिक्षण सामग्री वितरण गर्दै उपस्थित अतिथिहरूले विद्यार्थीको शैक्षिक विकासमा यस्ता सहयोगले थप ऊर्जा मिल्ने बताए।

जन्मोत्सवलाई सामाजिक सेवा र शैक्षिक सन्देशसँग जोड्दै अधिवक्ता अधिकारीले ग्रामीण तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्