सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प
काठमाडौं,कात्तिक ११— सङ्खुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको हो।
केन्द्रका अनुसार भूकम्पको कम्पन सङ्खुवासभासँगै आसपासका छिमेकी जिल्लामा पनि अनुभव गरिएको थियो। प्रारम्भिक विवरणअनुसार कुनै क्षतिको जानकारी भने आएको छैन।
नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले साना–ठूला धक्का समय–समयमा आउने गरेको विशेषज्ञहरूको भनाइ छ।

