शिवपुरी गाउँपालिकामा २ दिने अभिमुखिकरण कार्यक्रम सुरु, पहिलो दिन उच्चस्तरीय सहभागीता



नुवाकोट,कात्तिक १२— शिवपुरी गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा गाउँ सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ।

कार्यक्रमको पहिलो दिन गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएकोे छ। कार्यक्रममा उपाध्यक्ष विर बहादुर तामाङ, विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा कर्मचारीहरुको उल्लेखनीय सहभागीता रहेको गाउँपालिकाले जनाएको छ।

अभिमुखिकरणको उद्देश्य स्थानीय तहमा गाविस सभा सञ्चालनको प्रक्रिया, कानुन निर्माणका चरणहरू तथा कार्यान्वयनका प्रभावकारी विधि बारे जनप्रतिनिधि र कर्मचारीलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ।

कार्यक्रमले स्थानीय तहमा सुशासन, पारदर्शिता र कानुनी प्रक्रियाको स्पष्टता स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

दोस्रो दिन पनि सम्बन्धित वक्ता तथा विशेषज्ञहरूले प्रशिक्षण र अन्तरक्रिया सत्र संचालन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्