नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै, आज पनि ७ सयले सस्तो
काठमाडौँ,कात्तिक १२ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रम रोकिएको छैन। अघिल्लो दिन मंगलबार २ हजार ९०० ले घटेको सुन आज (बुधबार) फेरि ७ सय रुपैयाँले सस्तो भएको छ। यसअघि सोमबार २ हजार र आइतबार ११ हजार रुपैयाँभन्दा बढीले मूल्य घटेको थियो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७ सयले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँमा झरेको छ।
यस्तै, चाँदीको मूल्य भने आज बढेको छ। मंगलबार २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

