आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं,कात्तिक १३ । बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सो मूल्य कायम गरेको हो । आजका लागि बुधवारकै मूल्यलाई निरन्तरता दिइएको महासंघले जनाएको छ । बुधवार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो ।
तर, चाँदीको मूल्य भने बढेको छ । साताको पाँचौं कारोबार दिन चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर २ हजार ९८० रुपैयाँ कायम भएको छ । जबकि, बुधवार २ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

