जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको विरोध कार्यक्रममै निधन
भैरहवा,कात्तिक १३— नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन भएको छ।
उद्योगहरूमा लाइन काटिएको विरोधमा नेपाल विद्युत् प्राधिकरण भैरहवा कार्यालय अगाडि बिहीबार आयोजित विरोध सभामा भाषण गर्दै गर्दा उनी अचानक ढलेका थिए।
गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
घटनाबारे थप विवरण संकलन भइरहेको छ।

