राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई कतार भ्रमण स्वीकृति
काठमाडौं,कात्तिक १३— सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको कतार भ्रमण स्वीकृत गरेको छ।
कात्तिक १७ देखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेलले नेपाली टोलीको नेतृत्व गर्दै सहभागी हुनेछन्।
यस निर्णयको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् दिएका हुन्।
मन्त्री खरेलका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विदेश भ्रमण औपचारिक रूपमा अनुमोदन गरेको हो।

