टिकौली जङ्गलमा बस दुर्घटना : ३३ जना घाइते, ८ को अवस्था गम्भीर
चितवन, कात्तिक १४ — गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम (गम्भीरतर्फ), २५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनापछि तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा पठाइएको हो।
दुर्घटनामा संलग्न दुई बसमध्ये एक बस चालक घाइते भएका छन् भने अर्को बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताएका छन्।
चितवन मेडिकल कलेजमा उपचाररत १५ घाइते
१. सार्थक वाबु श्रेष्ठ, उदयपुर — मध्यम
२. सदाकत मियाँ, धनुषा — मध्यम
३. नरेन्द्र शाह, धनुषा — सामान्य
४. मुकेश कुमार केसरी, रौतहट — मध्यम
५. समिर अन्सारी, धनुषा — सामान्य
६. गीता देवी यादव, महोत्तरी — सामान्य
७. कृष्ण कुमार साह, रौतहट — मध्यम
८. वसन्त झा, धनुषा — सामान्य
९. मुकेश लाल कर्ण, धनुषा — सामान्य
१०. अञ्जु कर्ण, धनुषा — सामान्य
११. आरुष कर्ण, धनुषा — सामान्य
१२. राम श्रेष्ठ, महोत्तरी — सामान्य
१३. अनिकेत कुमार साह, रौतहट — मध्यम
१४. आरभ मिश्र, रौतहट — मध्यम
१५. विधा चौधरी, धनुषा — मध्यम
—
नेशनल सिटी अस्पतालमा उपचाररत १३ घाइते
१. आदित्य कुमार सिंह, धनुषा — सामान्य
२. रेखा सिंह, धनुषा — सामान्य
३. अञ्जली सिंह, धनुषा — सामान्य
४. सुनिल प्रसाद, मोतिहारी (भारत) — सामान्य
५. सुभद्रा कुमारी चौधरी, मोतिहारी — सामान्य
६. पृया जैशवाल, मोतिहारी — सामान्य
७. कृती जैशवाल, मोतिहारी — सामान्य
८. आलोक कुमार राउत, धनुषा — सामान्य
९. मोनु कुमार महत्तो, रौतहट — सामान्य
१०. गम्भिरादेवी ठाकुर, रौतहट — सामान्य
११. बिजय साह, रौतहट — सामान्य
१२. उर्मिला कुमारी साह, रौतहट — सामान्य
१३. सुनिता देवी मिश्र, रौतहट — मध्यम
भरतपुर अस्पतालमा उपचाररत ५ घाइते
१. राजकिशोर दास, रौतहट — सामान्य
२. राजु दास, रौतहट — सामान्य
३. महमद साहेब, मोतिहारी — सामान्य
४. रोशी कुमार साह, रौतहट — सामान्य
५. दिब्या चौधरी, धनुषा — मध्यम
सडक सञ्चालनमा फर्कियो
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको उक्त खण्ड केही बेरअघि सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
यात्रीको भीड, गति नियन्त्रण, र रातको समयमा दृश्यता कमी जस्ता कारणले यस क्षेत्रमा प्रायः दुर्घटना हुने भएकाले प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ।

