नुवाकोटको भुमेदेवी माविका पूर्वविद्यार्थीले गरे न्यानो कपडा वितरण



नुवाकोट,कात्तिक १४ । जिल्लाको शिवपुरी गाउँपालिका–१ को भुमेदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वविद्यार्थीहरूको संयुक्त पहलमा न्यानो स्विटरलगायत सामग्री वितरण गरिएको छ। विद्यालयका विद्यार्थीसँगै अभिभावक एवं स्थानीयवासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विदेश तथा नेपालमा रहेर सहयोग गर्ने पूर्वविद्यार्थीहरूको योगदानलाई विशेष रूपमा प्रशंसा गरिएको थियो।

दक्षिण कोरियामा रहँदै अभियानको मुख्य पहल गरेका अभिषेक तामाङलाई विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै नेपालमा समन्वयकर्ता बिकुल तामाङ र दीपक तामाङसहित सहयोगी टिमका सदस्यहरूको सक्रिय भूमिकाले वितरण कार्यक्रम सफल भएको विद्यालयले जनाएको छ।

सहयोगी पूर्वविद्यार्थीहरू—अभिषेक तामाङ, जय तामाङ, दुई जना सिताराम तामाङ, सोम तामाङ, सुरेन्द्र तामाङ, सिर्जना तामाङ, शुशिला तामाङ, कुमार तामाङ, प्रबिन तामाङ, राम तामाङ, योगेन्द्र तामाङ, अनिता तामाङ, नवराज तामाङ, दीपक तामाङ र बिकुल तामाङ—को सामूहिक सहयोगमा विद्यार्थीहरूलाई न्यानो पोसाक वितरण गरिएको हो।

पूर्वविद्यार्थीले आगामी दिनमा पनि विद्यालयका आवश्यकताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्