नुवाकोटका गायक पशुपति पाण्डेको ‘पानी घट्ट’ गीत सार्वजनिक (भिडियोसहित)



नुवाकोट, कात्तिक १४ । नुवाकोट पञ्चकन्या गाउँपालिका–५ भद्रुटारका उदयीमान गायक पशुपति पाण्डेको नयाँ गीत ‘पानी घट्ट’ सार्वजनिक भएको छ। भद्रुटारमै जन्मिएका अर्को गायक बद्री प्रसाद सिटौला र गायिका प्रतिमा अर्यालसँगको तिकोन स्वर–समायोजनमा बनेको यो गीत शुक्रबार सार्वजनिक गरिएको हो।

गीत बद्री लोक माला युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा सिर्जन पण्डित र रिया पन्तले अभिनय गरेका छन्। नुवाकोटका विभिन्न आकर्षक तथा प्राकृतिक स्थानमा गरिएको छायांकनका कारण भिडियो दृश्यात्मक रूपमा निकै आकर्षक बनेको दर्शक प्रतिक्रियामा उल्लेख गरिएको छ।

‘पानी घट्ट’ले माया, प्रेम तथा अव्यक्त भावनाले भरिएको कथावस्तु प्रस्तुत गरेको छ। भिडियो र संगीत संयोजन दुवै पक्षले राम्रो समन्वय बनेको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन्।

स्थानीय प्रतिभाको उदयसँगै नुवाकोटको सांस्कृतिक तथा संगीत क्षेत्रमा थप उत्साह थपिएको छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्