डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत



काठमाडौं,कात्तिक १४ । नेपाल आयल निगमले डिजल र मट्टितेलकाे मूल्य घटाएकाे छ ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँका दरले घटाएको हो। याे नयाँ मूल्य शनिबार बिहान १ बजेबाट लागु हुनेछ ।

यस्तै निगमले पेट्राेलकाे मूल्य भने यथावत राखिएकाे छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १ रूपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ७ अमेरिकी डलर बढेको निगमले जनाएको छ ।

याेसँगै पहिलाे वर्गमा डिजेल र मट्टितेल प्रतिलिटर १४१.५०, दोस्रो वर्गमा १४३ र तेस्रो वर्गमा १४४ रूपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२८ रूपैयाँ र अन्तर्राष्ट्रिय काठमाडाैंमा ९७३, पाेखरामा ८०३ र भैरहवामा ७९० अमेरिकी डलर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्