कञ्चनपुरमा बस दुर्घटना : एक जनाको मृत्यु, चालक नियन्त्रणमा
कञ्चनपुर, कात्तिक १५ । काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको यात्रुबाहक बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज दुर्घटनामा परेको छ। दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका बोहराको वाणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बसमा सवार अन्य चार जना यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।
दुर्घटनापछि बस चालक वेदकोट नगरपालिका–३ दैजीका 46 वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ।

