पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ,कात्तिक १५ । श्री पञ्चधाम सेवा केन्द्र नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार टाेखा–१, झोरस्थित झरना पार्टी प्यालेसमा सम्पन्न भएको छ।

धाम संरक्षणका विविध गतिविधि गर्दै आएको पञ्चधामको वार्षिक सभामा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा, पूर्वमन्त्री अमन मास्के, पूर्व उपसभामुख राधिका तामाङलगायत विशिष्ट व्यक्तित्वहरूको प्रमुख उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागीहरूले रसुवा, नुवाकोट र काठमाडौंका विभिन्न धार्मिक तथा सांस्कृतिक धामहरूको संरक्षण र प्रवर्द्धनलाई पञ्चधामले अझ तदारुकतापूर्वक अघि बढाउनुपर्नेमा सुझाव राखे।

सभामा संस्थाले गत वर्षका उपलब्धि, आगामी वर्षका लक्ष्य, योजनाबद्ध कार्यक्रम तथा संरक्षणका दीर्घकालीन पहलहरूबारे पनि छलफल गरिएको पञ्चधाम सेवा केन्द्रका अध्यक्ष रामहरि अधिकारीले बताए । कार्यक्रममा टोखा नगरका मेयर प्रकाश अधिकारी, वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछाने, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्