आइतबार पनि बढ्याे सुनकाे मूल्य, चाँदीकाे घट्याे



काठमाडौं,कात्तिक १६। साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । गत शुक्रबार प्रतिताेला २७०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला ७०० रूपैयाँ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ३९ हजार ७०० रूपैयाँ कायम भएकाे छ ।

काराेबारकाे अघिल्लाे दिन छापावाल सुन प्रतिताेला २ लाख ३९ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदी भने ताेलामा ५ रूपैयाँले घटेकाे छ , गत शुक्रबार प्रतिताेला ३ हजार ६० रुपैयाँ निर्धारण भएकाे चाँदी आज ३ हजार ५५ रूपैयाँ ताेकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्