जेनजी प्रदर्शनमा खटिएका तत्कालीन इञ्चार्जहरूलाई उपत्यका नछाड्न हेडक्वार्टरको निर्देशन



काठमाडौं,कात्तिक १७ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

आइतबार कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै यस्तो निर्देशन दिएको हो ।

जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्