शिवपुरी–१ का अभिषेक तामाङको पहलमा हिल्चे आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण



नुवाकोट,कात्तिक १७ — विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व सम्झिँदै शिवपुरी–१ निवासी अभिषेक तामाङको अग्रसरतामा हिल्चे आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

अभिषेक तामाङको पहलमा जय तामाङ, योगेन्द्र तामाङ, सिताराम तामाङलगायत १४ जना युवाहरूको सहयोगमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको हो। स्थानीय विद्यालयका बालबालिकालाई जाडोबाट सुरक्षित राख्ने उद्देश्यसहित गरिएको यो सहयोगप्रति विद्यालय परिवार र स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्।

रोजगारीका सिलसिलामा विदेशमा रहेर पनि गाउँको शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै अभिषेक तामाङलगायत सबै युवाप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। आगामी दिनमा पनि सामाजिक सेवाका काममा अझ सक्रिय भएर अगाडि बढ्न शुभकामना दिइएको छ।

स्थानियको भनाइअनुसार, युवाहरूको यो प्रेरणादायी कदमले अरू युवा पुस्तालाई पनि समाजसेवामा सहभागी हुन प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्