दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु आठ जना बेपत्ता



दोलखा,कात्तिक १८ — दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको भीषण हिमपहिरोमा परेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। आठ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरीले जनाएको छ।

हिमपहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको भए पनि प्रतिकूल मौसमका कारण घटनास्थलसम्म पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए।

उद्धारका लागि नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीसहित करिब ५० जनाको टोली घटनास्थलतर्फ पठाइएको छ। यस्तै, उद्धार कार्यमा जनप्रतिनिधि तथा स्थानीयवासीहरू पनि सक्रिय छन्।

घाइते हुनेमा क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स रहेका छन्।

गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाका अनुसार बेपत्ता र घाइते सबैलाई सुरक्षाकर्मी र स्थानीयहरूको सहयोगमा उद्धार गर्न प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्