मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं,कात्तिक १८ । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
वैदेशिक रोजगार तथा श्रम अधिकारका सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह–नायब सरकारी वकिल श्री घनश्याम ओझालाई तोक्ने।
—
2. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
स्विजरल्याण्डको जेनेभामा २०८२ मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षा कार्यक्रममा सहभागी हुन डा. रामप्रसाद घनघनरेलाई स्वीकृति प्रदान गर्ने।
—
3. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने।
—
4. खानेपानी मन्त्रालय
खानेपानी मन्त्रालयकी प्रतिनिधि श्रीमती प्रमिला देवी कार्की बज्राचार्यलाई थाइल्याण्डको बैंककमा आयोजित High-Level Summit on Water Security and Resilience कार्यक्रममा २०८२ मंसिर २२ देखि २६ गतेसम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने।
—
5. गृह मन्त्रालय
जेन–जेड (Gen-Z) पुस्ताद्वारा २०८२ मंसिर २३ र २४ गते गराइएको प्रदर्शनको क्रममा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने।
—
6. गृह मन्त्रालय
सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्ति बापत रु. ३६०० उपलब्ध गराउने।
—
7. गृह मन्त्रालय
विपद् संकटग्रस्त घोषित इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने।
—
8. गृह मन्त्रालय
कोरियाली नागरिक MIJIN LEE लाई गैरकानूनी रूपमा नेपाल प्रवेश गरेको भनी निर्वासन निर्णयसमेत सम्बन्धित विलम्ब शुल्क र जरिवाना माफी गरी नेपालबाट प्रस्थान गर्न अनुमति दिने।
—
9. रक्षा मन्त्रालय
नेपाली सेनाका १० जना प्रधान सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने।
—
10. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।
—
11. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
तराई–मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम तथा प्रादेशिक/स्थानीय शासन सहयोग कार्यक्रमका परियोजना समन्वय इकाइका लागि आ.व. २०८२/८३ मा २ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने।
—
12. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अर्थ मन्त्रालय तथा अन्य सम्बन्धित निकायहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने।
—
13. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
विज्ञापन बोर्डका लागि आ.व. २०८२/८३ मा ८ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने।

