नेपाली कांग्रेस महासमिति सदस्य जोन्छेँको निधन
काठमाडौँ,कात्तिक १८ — नेपाली कांग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ। शहीद राधेश्याम जोन्छेँकी पत्नी रहेकी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारकै क्रममा आज बिहान निधन भएको परिवारले जनाएको छ।
जोन्छेँको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, तथा कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगायत नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
रजनी जोन्छेँको अन्त्येष्टि आजै भक्तपुरको हनुमानघाटमा गरिने भएको छ। उहाँका तीन छोरा छन्।

