नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड, सह–संयोजकमा माधवकुमार नेपाल चयन



काठमाडौं,कात्तिक १९— नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा बुधबार आयोजित एकता सभाले प्रचण्डलाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो।

सोही सभाबाट माधवकुमार नेपाल सह–संयोजकमा चयन भएका छन्। एकता सभामा नेता महेन्द्र राय यादवले प्रचण्ड संयोजक र नेपाल सह–संयोजक भएको औपचारिक घोषणा गरेका हुन्।

यसअघि प्रचण्ड नेकपा (माओवादी केन्द्र) का संयोजक थिए भने माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहेका थिए। दुबै पार्टीबीच लामो समयदेखि चलिरहेको एकता प्रक्रियाले निष्कर्ष पाएपछि संयुक्त एकता सभा आयोजना गरिएको हो।

एकता घोषणासँगै दुवै दलको संगठन, नेतृत्व संरचना तथा सिद्धान्तगत मार्गदर्शन अब एकीकृत पार्टीअन्तर्गत संचालन हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्