बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,कात्तिक २० । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ११०० रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ६०० रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २२ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको हो ।

