छहरे–टोखा सडक सञ्चालन, ३ दिनभित्र कालोपत्रे गर्ने सहमति



नुवाकोट,कात्तिक २१ — छहरे–टोखा सडकखण्ड शुक्रबार बिहान १० बजेदेखि स्थानीयहरूले अवरुद्ध गरेको सडक आज पुनः सञ्चालनमा आएको छ। लिखु–६ छहरे पेट्रोल पम्प आसपासको बिग्रिएको सडक तत्काल मर्मत र कालोपत्रे गर्नुपर्ने मागसहित स्थानीयले सडक बन्द गरेका थिए।

सडक विभाग, स्थानीय प्रतिनिधि तथा सुरक्षाकर्मीबीच भएको छलफलपछि तीन दिनभित्र सडक कालोपत्रे गर्ने सहमति बनेसँगै स्थानीयले अवरोध हटाएका छन्। विभागका इन्जिनियर र प्रहरी प्रशासनले अहिलेबाटै मर्मत/कालोपत्रे कार्य सुरु गर्ने र तोकिएको समयभित्र काम सम्पन्न गर्ने जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गरेका छन्।

सडक खुल्दा रसुवा, त्रिशुली, विदुर, ढिकुरे, दुप्चेश्वर लगायत क्षेत्रबाट काठमाडौँ जाने–आउने यात्रुले राहत महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्