देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, केही पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं,कात्तिक २२ — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। साथै कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।
राति कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफैँ रहने महाशाखाले जानकारी दिएको छ।

