नुवाकोट छहरेको सेई स्काउट ट्रूपद्वारा धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सम्पन्न



नुवाकोट, कात्तिक २२ । जिल्लाको लिखु गाउँपालिका ६, छहरेस्थित सेई बोर्डिङ स्कुल अन्तर्गत सेई स्काउट ट्रूपले आयोजना गरेको धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राजन खतिवडाका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्थानीय संस्कृतिको पहिचान, सामाजिक उत्तरदायित्व र सरसफाइप्रतिको सचेतना अभिवृद्धि गर्न उल्लेखनीय अनुभव प्राप्त गरेका छन्।

कार्यक्रमअन्तर्गत दुप्चेश्वर मन्दिर परिसरमा सरसफाइ अभियान समेत संचालन गरिएको थियो। सरसफाइलाई थप प्रभावकारी बनाउन विद्यालयले मन्दिर परिसरमा डस्टबिन र झाडू प्रदान गरेको र आवश्यक सामग्री तथा व्यवस्थापन स्वयं विद्यालयले नै सम्हालेको बताइएको छ।

विद्यालय प्रशासनले यस्ता सामाजिक गतिविधिबाट विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन, नेतृत्व क्षमता र सेवा भावको विकास हुने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, समुदायजन तथा सम्पूर्ण सहभागीहरूलाई विद्यालयले धन्यवादसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्