सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे, आज कतिमा हुँदैछ काराेबार ?
काठमाडौं,कात्तिक २३। आइतबार सुनकाे मूल्य सामान्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ। नेपाली बजारमा आज सुनकाे मूल्य प्रतिताेला २०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ३८ हजार ६०० रूपैयाँ निर्धारण भएकाे छ।
गत शुक्रबार छापावाल सुन ताेलामा ६०० रूपैयाँ बढेर २ लाख ३८ हजार ४०० रूपैयाँमा किनबेच भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने घटेकाे छ । चाँदी प्रतिताेला ५ रूपैयाँ घटेर ३ हजार १५ रूपैयाँ कायम भएकाे छ ।

