दार्चुलामा भूकम्पको धक्का



दार्चुला,कात्तिक २४ । दार्चुलामा आज दिउँसो २:४३ मिनेटमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३‍.५ रेक्टर स्केलको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पबाट कुनै क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको जनाएको छ।

यसअघि गत बिहीवार राति पनि नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्