दिल्लीको लालकिल्ला मेट्रो स्टेशन नजिकै विस्फोट: आठ जनाको मृत्यु, सात घाइते



दिल्ली,कात्तिक २५ । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिकै सोमबार साँझ भएको विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ। घटनामा सात जना गम्भीर घाइते भएका छन्।

स्थानीय लोक नायक जयप्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीका अनुसार घटनास्थलबाट उद्धार गरी ल्याइएका आठ जनाको अस्पताल आइपुग्दा नै मृत्यु भइसकेको पुष्टि भएको छ। अन्य सात जनाको उपचार तीव्रगतिमा भइरहेको अस्पतालले जनाएको छ।

दिल्ली प्रहरीका उच्च अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। विस्फोटको कारण, प्रकृति र सम्भावित संलग्नताबारे छानबिन जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्