देशभर स्थिर मौसम, अधिकांश क्षेत्रमा सफा आकाश
काठमाडौं,कात्तिक २५ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि अन्य सबै भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।
यस्तै, राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र देशका अन्य भागमा मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जनाएको छ।

