आज एकैदिन ४९०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?
काठमाडौँ,कात्तिक २५। नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । हिजाे एकैदिन तोलामा २९ सय रुपैयाँ बढेको सुनकाे मूल्य आज एकैदिन ४ हजार ९०० रूपैयाँ बढेकाे हाे ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४६ हजार ४०० रूपैयाँ ताेकिएकाे छ । हवाे छापावाल सुन २ लाख ४१ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज एकैदिन १०५ रूपैयाँ बढेकाे छ । साेमबार प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

