छहरे–विदुर सडक विवाद समाधान, मंसिरभित्र मर्मत गर्ने सहमति
नुवाकोट,कात्तिक २५ । नुवाकोटको छहरे–विदुर सडकखण्डमा उत्पन्न विवाद अन्ततः सहमतिमार्फत समाधान गरिएको छ। मिति २०८२/७/२५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा स्थानीय बासिन्दा र सडक योजनाका प्रतिनिधिहरू उपस्थित भई सडकको अवस्थासम्बन्धी विषयमा छलफल गरिएको थियो।
RIP/33.7133/CB-07/2070-071 नम्बरको ठेक्काअन्तर्गत निर्माण भइरहेको सो सडकखण्ड बराफेदीदेखि छहरेसम्म अहिले विभिन्न स्थानमा खाल्डाखुल्डा समेत देखिएको अवस्था रहेकाले मंसिर महिनाभित्र टालटुल मर्मत गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्।
मर्मत कार्य सम्पन्न नहुँदासम्म स्थानीयहरूले कुनै पनि प्रकारको वाधा अवरोध नपुर्याई सहजिकरण गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। छलफलपछि तयार गरिएको सहमति कागजमा सहिछाप गरी जिल्ला प्रहरी कार्यालयमार्फत नेपाल सरकारसमक्ष चढाइएको उल्लेख छ।
सहमतिको प्रक्रियामा निर्माणाधीन सडक योजनाका प्रतिनिधि दियेन्द्र यादव, नुवाकोट लिखुका नवराज थापा, रोशन भण्डारी, सुजन शाक्य र प्रकाश डङ्गोल उपस्थित रहेका थिए।

