नुवाकोट थान्सिङ भट्टथोकका क्यान्सर पीडित अधिकारीको उपचारका लागि सहयोगको अपिल



नुवाकोट, कात्तिक २७ — नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकका ५८ वर्षीय हस्तबहादुर अधिकारी क्यान्सर रोगबाट पीडित भएका छन्। अधिकारीको पित्तथैलीमा क्यान्सर पुष्टि भएको र हाल उनी काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचाररत रहेको परिवारले जानकारी दिएको छ।

चिकित्सकको सल्लाहअनुसार पहिलो चरणको किमोथेरापी सुरु गर्न लागिएको भए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएकोले सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ।

अधिकारी परिवारले मानवीय सहयोगका लागि सबैमा आग्रह गर्दै सहयोगी दाताले तल दिइएको क्युआरमार्फत डिजिटल भुक्तानी गरेर सहयोग गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्