वल्र्डलिंकको 6G घोषणा
काठमाडौं,कात्तिक २७ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले ‘वल्र्डलिंक 6G’ घोषणा गरेको छ । वल्र्डलिंकले नयाँ पुस्ताको इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो ।
यो इन्टरनेट हाइ स्पिडको हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो वाई–फाई 6 नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।
यसले प्रयोगकर्तालाई अझ सहज पर्फमेन्स, भरपर्दो कनेक्सन हाइ स्पिड र पहिले भन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ । 6G’ले अहिले प्रचलनमा रहेको वाई–फाई 5 प्रविधि भन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट दिने कम्पनीको भनाई छ ।

