उच्च बिन्दुबाट ५०० घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?



काठमाडाैं,कात्तिक २८ । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे एकैदिन ५ हजार ९०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज ताेलामा ५०० रूपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४९ हजार ७०० रूपैयाँ ताेकिएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ५० हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य प्रतिताेला ६० रूपैयाँ घटेकाे छ । आज चाँदीकाे मूल्य प्रतिताेला ३ हजार २ सय ८५ रूपैयाँ ताेकिएकाे छ । हिजाे चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्