उत्तरी धादिङका किसानले आलुको मूल्य पाएनन



धादिङ,कात्तिक २८ । उत्तरी धादिङको रुवी भ्याली गाउँपालिमा उत्पादन भएको आलु बजारी करणमा समस्या भए पछि त्यतिकै खेर जाने गरेको किसानहरूको भनाइ छ । राम्रो सडक सुविधा नभएकोले उत्पादित आलु त्यतिकै खेर जाने गरेको हो । आलु उत्पादनका लागी विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रमहरू समय समयमा गर्ने गरेका छन् । तर स्थानीयले उत्पादन गरेको आलुको बजारीकरणका लागी भने कसैले चासो नदेखाएको भनाई किसानहरुको छ ।

खास गरी ढुवानी बापतको रकम महङ्गो पर्न जाँदा आलु बिक्रीमा समस्या आएको हो ।  एकै घर परिवारले चालीस देखी पचास मुरीसम्म आलु उत्पादन गर्ने गरेका छन् । मुख्य बालीकै रूपमा आलु फल्ने गरेको किसानहरु बत्ताउँछन् । आफूले उपभोग गरेर धेरै भएको आलु खेर जाने बताउँदै स्थानीय तहले समेत यसको बजारी करणमा चासो नदेखाएको किसानहरूको आरोप छ ।

परम्परागत रुपमा नै आलु खेतीमा निर्भर हुँदै आएका रुवी भ्यालीका स्थानीले उत्पादन गरेको आलुको मात्रै बजारी करण गर्ने हो भने सो क्षेत्रका स्थानीयको आर्थिक अवस्था मजवुद हुने पक्का छ ।

प्रति किलो आलुको पच्चिस देखी तिस रुपैयाँमा तिप्लीङ्गमा किसानहरूले बिक्री गर्ने गरेका छन् । यसो त सो आलु ढुवानीमा प्रति किलो नै एक सयको हाराहारीमा पर्ने किसानहरू बत्ताउँछन् । प्रतिकिलो आलुको बिक्री मूल्य भन्दा ढुवानी भाडा महङ्गो पर्ने गरेको भनाई छ यहाँ उत्पादन भएको आलु धादिङ र काठमाडौँ बिक्रीका लागी लगिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्