जेनजी आन्दोलनपछि आंशिक रुपमा खुलेको सवारी लाइसेन्स आवेदन पुनः बन्द



काठमाडौं,कात्तिक २८ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि लाइसेन्सको नयाँ आवेदन बन्द भएकाे छ ।

गत १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम डेटा सेन्टरमा फेरि बन्द भएको छ ।

विभागले सुचना जारी गर्दै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको जानकारी दिएकाे छ ।

गत भदाैं २३ र २४ गतेको जेनजी आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्