नुवाकोटका तीन गाउँपालिकामा शनिबार ६ घण्टा विद्युत अवरुद्ध हुने
नुवाकोट,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोलि शनिबार लिखु, पन्चकन्या र शिवपुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत सेवा अनियमित हुने जनाएको छ।
देवीघाट–चौघडा ३३ केभी लाइनमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकाले कात्तिक २९ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध रहने प्राधिकरणले जानकारी दिएको हो।
प्राधिकरणका अनुसार मर्मत कार्यका लागि तोकिएको समयमा विद्युत रोकिँने भएकाले उपभोक्ताले वैकल्पिक तयारी गर्न अनुरोध गरिएको छ। साथै, काम समयभन्दा अगावै सम्पन्न भएमा निर्धारित समयभन्दा चाँडै लाइन सुचारु गरिने बताइएको छ।
विद्युतबन्दका कारण पर्न सक्ने असुविधाप्रति नुवाकोट वितरण केन्द्रले क्षमायाचना गर्दै उपभोक्तालाई सहयोग र धैर्यका लागि आग्रह गरेको छ।

