जागरणसभाको पूर्वसन्ध्यामा एमाले नुवाकोटद्वारा भव्य मोटरसाइकल र्याली
नुवाकोट,कात्तिक २८ । नेकपा एमाले नुवाकोटले भोलि हुने जागरणसभाको पूर्वसन्ध्यामा आज मोटरसाइकल र्याली सम्पन्न गरेको छ। देवीघाटदेखि कोलेनीसम्म आयोजना गरिएको र्यालीमा पार्टीका झण्डा बोकेर कार्यकर्ताहरू उत्साहपूर्वक सहभागी भएका थिए।
र्यालीमा एमालेका जिल्ला नेता, युवा संघ नेपाल, अनेरास्ववियु तथा महिला संघका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। पार्टीका जिल्ला अध्यक्ष बद्री मैनालीसहित जिल्ला कमिटीका पदाधिकारीहरूले पनि र्यालीमा सहभागिता जनाएका छन्।
एमाले नुवाकोटले आयोजना गरेको जागरणसभा भोलि कात्तिक २९ गते दिउँसो १२ बजे पार्टी कार्यालय विदुरमा हुने जनाइएको छ।

