रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले दिए राजीनामा



काठमाडौं,कात्तिक २८ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। परियारले शुक्रबार महामन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पेश गर्दै रास्वपाबाट अलग हुने घोषणा गरेका हुन्।

उहाँले नेपाली राजनीतिक आन्दोलनलाई राष्ट्रहित र जनताको जीवनसँग अझ प्रत्यक्ष रूपमा जोड्न नयाँ प्रकारको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने परिस्थितिले रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने निर्णयमा पुगेको बताए।

रास्वपामा रहँदा विभिन्न भूमिकामा काम गर्ने क्रममा साथ र समर्थन गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै परियारले आगामी दिनमा राजनीतिक यात्रामा फेरि भेट भए सहकार्य गर्ने तयारी रहेको उल्लेख गरेका छन्।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने जेलमा रहेकै बेला परियारले पार्टी छाडेका हुन्। यसअघि पूर्वमन्त्री सुमना श्रेष्ठले पनि रास्वपा परित्याग गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्