नुवाकोटको थानपतिमा १५ वर्षमुनिका ३५० बालबालिकाको मुटु परीक्षण
नुवाकोट,कात्तिक २८ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानपतिमा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयका १५ वर्ष मुनिका बालबालिकाको मुटु परीक्षण गरिएको छ।
शिवपुरी गाउँपालिकाको सहकार्यमा पल्मोनरी एसोसिएसन नेपालले शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३५० बालबालिकाको मुटु सम्बन्धी परीक्षण सम्पन्न गरिएको थानापती स्वास्थ्य संस्थाका स्वास्थ्य प्रमुख उद्धव कार्कीले जानकारी दिए।
शिविरमार्फत बालबालिकाको मुटु स्वास्थ्यका सम्भावित जोखिम पहिचान गर्दै समयमै उपचार र रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहको सक्रियता, विद्यालयको समन्वय र स्वास्थ्य संस्थाको प्राविधिक सहकार्य बालबालिकाको स्वास्थ्य सुरक्षा मजबुत बनाउन एउटा महत्वपूर्ण कदमको रुपमा हेरिएको छ।

