नुवाकोटमा सयपत्री फूलको माला उन्ने सीप प्रदर्शन, प्रतिभाशाली विद्यार्थी सम्मानित
नुवाकोट,कात्तिक २८। तारकेश्वर–५ सिग्नेरी स्थित भूमेदेवी आधारभूत विद्यालयमा ‘सिकाइ व्यवहारमा आउने सकारात्मक परिवर्तन हो’ भन्ने मान्यताअनुरूप व्यवहारकुशल सीप विकास कार्यक्रम अन्तर्गत सयपत्री फूलको माला उन्ने सीप सिकाइ तथा प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालय परिसरमै बालबालिकाले खेती गरेका सयपत्री फूल प्रयोग गरेर माला उन्ने अभ्यास र प्रदर्शन गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफैं उनेका मालाहरू प्रदर्शन गर्दा उत्कृष्ट सीप देखाउने विद्यार्थीलाई विद्यालयले पुरस्कार प्रदान गरेको छ।
बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकासलाई लक्षित कार्यक्रमले विद्यालय वातावरणमा उत्साह थपेको विद्यालयले जनाएको छ।
साथै विद्यालयमा विद्यार्थीहरूद्वारा उनेका सयपत्री फुलका मालाले पिङ सजावट समेत गरिएको थियोे ।

