१२ वामसमूहको एकताबाट बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’लाई निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र



काठमाडौं,कात्तिक २८ । निर्वाचन आयोग नेपालले आज नयाँ गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १२ वामसमूह मिलेर गठन गरिएको नयाँ पार्टीलाई आयोगले दल दर्ता प्रमाणपत्र प्रदान गरेको जानकारी सो पार्टीका नेता लिलामणि पोखरेलले दिएका छन्।

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका वामसमूहबीच एकता घोषणा गर्दै एकीकृत नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो। नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ। निर्वाचनमा सहभागी हुन दल दर्ता र प्रमाणपत्र लिने अन्तिम समयसीमा कात्तिक ३० गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्