देउवा दम्पती स्वदेश फर्किए



काठमाडौं,कात्तिक २९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्कनु भयो ।

जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनु भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि  कात्तिक १० गते सिंगापुर प्रस्थान गर्नु भएको थियो ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उहाँहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो ।

जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक हुनु भएको थिथो ।

उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्