रसुवाको स्याफ्रुबेशीमा सुख्खा पहिरो खस्न थालेपछि प्रशासनद्वारा सतर्कता निर्देशन
रसुवा,कात्तिक २९ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी बजारको पुछार क्षेत्रमा सुख्खा पहिरो खस्न थालेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सतर्कता निर्देशन दिएको छ।
पहिरो बढेको खण्डमा खोला थुनिन सक्ने भन्दै प्रशासनले आकस्मिक सार्वजनिक सूचना जारी गर्दै नदी नजिकका बासिन्दा तथा पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले नदी किनार, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा नजान आग्रह गर्दै सम्भावित बाढी–पहिरोको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
स्थानीय सुरक्षाकर्मी र प्राविधिक टोली घटना स्थलतर्फ पुगेको र अवरुद्ध भएको खोलाको अवस्थाबारे थप विवरण संकलन भइरहेका जनाइएको छ।

