नुवाकोटको सातबिसेमा वामपन्थी अन्तरक्रिया : जेन्जी आन्दोलनपछि राजनीतिक दिशाबारे गम्भीर बहस
नुवाकोट,कात्तिक २९ । जेन्जी आन्दोलनपछि देशभर उत्पन्न राजनीतिक परिवर्तन र त्यसले वामपन्थी शक्तिमाथि पारेका जिम्मेवारीबारे नुवाकोटको सातबिसेमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री तथा नेता हितबहादुर तामाङको प्रेरणादायी उपस्थितिले कार्यक्रममा विशेष ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्। उनका विचारहरूले आन्दोलनपछिको राजनीतिक दिशाबारे स्पष्ट मार्गदर्शन मिलेको उनीहरूले बताए ।
विभिन्न वाम घटकका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाको सहभागीले वामपन्थी शक्तिहरू कसरी एकताबद्ध भएर जनताका समस्यामा प्रभावकारी हस्तक्षेप गर्न सक्छन् भन्ने विषयमा गम्भीर र सकारात्मक बहस भएको छ।
कार्यक्रमले आन्दोलनले उठाएका मुद्दाहरू समाधान गर्न वाम शक्तिबीच सहकार्य अपरिहार्य रहेको, राजनीतिक एकताको आवश्यकता झनै तीव्र भएको र जनताप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्ने साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ।
अन्तरक्रियाबाट निस्किएको संदेश अनुसार, आगामी दिनमा वामपन्थी शक्ति थप संगठित, उत्तरदायी र जनमुखी भूमिकामा अघि बढ्ने अपेक्षा गरिएको छ।

