नुवाकोटमा एमालेको जागरण अभियान सम्पन्न, उप–महासचिव विष्णु रिमालको आह्वान– ‘संगठित एमाले, सक्षम नेतृत्व’



नुवाकोट,कात्तिक २९ — नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीद्वारा आयोजना गरिएको जागरण अभियान कार्यक्रम शनिबार नुवाकोटको विदुरमा सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ।

कार्यक्रम पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उप–महासचिव विष्णु रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा उप–महासचिव रिमालले संगठन सुदृढीकरण, कार्यकर्ताको भूमिका, आगामी राजनीतिक दिशारेखा र जनतासँगको सम्बन्ध विस्तारका विषयमा महत्वपूर्ण निर्देशन तथा सुझाव प्रस्तुत गरे। उनले एमालेलाई अझै संगठित, सक्षम र जनमुखी बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।

जिल्लाभरिका पार्टी नेताहरू, जनप्रतिनिधिहरू, कार्यकर्ता तथा सरोकारवालाहरूको सक्रिय सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको आयोजक समितिले जनाएको छ।

जागरण अभियानमार्फत पार्टीलाई तल्लो तहसम्म बलियो बनाउने, कार्यकर्ताको मनोबल उच्च राख्ने र जनतामाझ एमालेको विचार तथा कार्यक्रम प्रभावकारी रूपमा पु¥याउने उद्देश्य रहेको एमाले नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्