वाम एकताको निर्णयलाई विघटित नेकपा एकीकृत समाजवादी, नुवाकोटको पार्टी बैठकद्वारा सर्वसम्मत स्वागत



नुवाकोट,कात्तिक २९ — विघटित नेकपा एकीकृत समाजवादी नुवाकोटको पार्टी बैठक बसेर हालै भएको वाम एकताको निर्णयलाई सर्वसम्मत रूपमा स्वागत गरिएको छ।

बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले वाम शक्तिहरूबीच एकता अहिलेको राजनीतिक परिस्थितिको आवश्यकता र जनताको अपेक्षाअनुसारको कदम भएको योग्य ठहर गर्दै सकारात्मक धारणा व्यक्त गरेका छन्।

पार्टी एकताको प्रक्रिया सफलतापूर्वक अघि बढाउन सबै तहका कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ। वाम एकता सुदृढ भए देशको स्थिरता, सुशासन र विकासका एजेन्डा प्रभावकारी रूपमा अघि बढ्ने बैठकमा सहभागिहरूले बताएका छन्।

बैठकमा आगामी राजनीतिक गतिविधि, स्थानीयस्तरमा सुदृढ समन्वय तथा संयुक्त अभियान सञ्चालनबारे पनि प्रारम्भिक छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्