पञ्चकन्या गाउँपालिकाका विद्यार्थीलाई ‘डिजिटल सुरक्षा र साइबर अपराध’ विषयक अभिमुखिकरण
नुवाकोट,कात्तिक २९ — रुडेक नेपालले पञ्चकन्या गाउँपालिकामा डिजिटल सुरक्षा, साइबर अपराध तथा अनलाइन सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाअन्तर्गत इन्द्रायणी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी तथा नवसञ्जीवनी माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
अभिमुखिकरणका क्रममा सुरक्षित इन्टरनेट प्रयोग, सामाजिक सञ्जालमा हुने जोखिम, साइबर अपराधका प्रकार, पासवर्ड सुरक्षाका उपाय, डिजिटल फुटप्रीन्टका प्रभाव तथा अनलाइनमा कसरी जिम्मेवार र सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो।
विद्यार्थीहरूमा बढ्दो इन्टरनेट प्रयोगका कारण डिजिटल सुरक्षा महत्वपूर्ण बन्दै गइरहेका बेला यस्तो अभिमुखिकरण कार्यक्रमले उनीहरूलाई सचेत र सक्षम बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ।

