गोसाइँकुण्डमा डुबान दुर्घटना रोकथामका लागि नेपाली सेनाद्वारा लाइफब्वाइ ट्युब जडान



रसुवा, मंसिर २ । रसुवाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा डुबान दुर्घटना न्यूनिकरणका उद्देश्यले नेपाली सेनाले सुरक्षा सामग्री जडान गरेको छ। धुन्चेस्थित श्रीनाथ गण नेपाली सेनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै गोसाइँकुण्डमा लाइफब्वाइ ट्युब जडान गरेको हो।

हरेक वर्ष हजारौँ तीर्थयात्री तथा पर्यटक गोसाइँकुण्ड पुग्ने भएकाले त्यहाँ डुब्ने जोखिम उच्च रहने गर्छ। स्थानीय सरोकारवाला निकायहरूसँगको समन्वयमा गरिएको यो कदमले यात्रुहरूको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने सेनाले जनाएको छ।

सेनाको यो पहलले जोखिम न्यूनीकरण मात्र होइन, संकट व्यवस्थापनमा नेपाली सेना सधैं सक्रिय र प्रतिबद्ध रहेको सन्देश पनि दिने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्