नेपाली प्रिमियर लिगको दोस्रो दिन आज दुई रोचक खेल, पहिलोमा चितवन–कर्णाली आमनेसामने
काठमाडौँ, मंसिर २ — नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन मङ्गलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल भइरहेको छ। पहिलो खेमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने छन्।
चितवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने कर्णाली याक्सले पहिले ब्याटिङ गरिरहेको छ। चितवनको कप्तानी कुशल मल्लले सम्हालेका छन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गरिरहेका छन्। दुवै टोलीले दोस्रो सिजनमा जितसँगै सुखद सुरुवात गर्ने लक्ष्य राखेका छन्।
यस्तै आजै साँझ ४ बजे सुरु हुने दोस्रो डे–नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। विराटनगरको कप्तानी सन्दीप लामिछाने र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्।

